Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • हुम्लामा माटोको ढिस्कोले पुरिंदा एक युवतीको मृत्यु, ५ जना घाइते


    बुधबार, असार ४ २०८२
    880
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हुम्लामा निर्माणाधीन सडकमा ग्याबिन भर्ने उद्देश्यले जग खन्ने क्रममा माटोको ढिस्को खसेर पुरिँदा एक युवतीको मृत्यु भएको छ ।

    सिमकोट गाउँपालिका–४ स्थित बुराउसेमा माटोको ढिस्कोले पुरिएर स्थानीय २३ वर्षीया सुवित्रा विकको मृत्यु भएको हो । ढिस्कोमा पुरिएर गम्भीर घाइते भएकी विकको उपचारको क्रममा जिल्ला अस्पताल सिमकोटमा मृत्यु भएको हुम्लाका प्रहरी प्रमुख शङ्कर पोखरेलले जानकारी दिए ।

    सोही घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीय पदम सार्की, अन्दाजी २२ वर्षीया शर्मिला विक, ५४ वर्षीया हीरा लामा, ४० वर्षीय पेमा लामा र ५० वर्षीया डोल्मा लामा रहेका छन् । उनीहरूको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार