Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक


    मंगलबार, असार ३ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक भोली (बुधवार) बिहान साढे ८ बजे पार्टी मुख्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    ‘बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

    बैठकमा तीन हप्तायता जारी संसद्को अवरोध, बजेटलगायतका विषयमा कुराकानी हुने जनाएको छ । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार