काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले आफूलाई निलम्बन गर्ने प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको निर्णयविरुद्ध उच्च अदालतमा रिट दायर गरेका छन् । पाण्डेको रिटमाथि बुधवार सुनुवाइ हुने अदालतले जनाएको छ ।
गत चैत २१ गते गुरागाईं कार्यालयमा हाजिर हुन जाँदा पाण्डेको नेतृत्वमा रहेको नगर प्रहरी टोलीले अवरोध गरेको आरोपमा उनलाई निलम्बन गरिएको थियो । महानगरले उक्त घटनाको छानबिन गर्न प्रशासन प्रमुख ध्रुव काफ्लेको नेतृत्वमा जाँचबुझ समिति गठन गरेको छ, जुन अहिले पनि सक्रिय छ ।
यसअघि गुरागाईंले पाण्डेसँग स्पष्टीकरण मागेका थिए । पाण्डेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि निलम्बन गरी थप अनुसन्धान अघि बढाइएको गुरागाईंले बताएका छन् । चैत २१ गते उपप्रमुख, वडाध्यक्षहरू र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा पनि गुरागाईंको कार्यकक्षको ताला खोल्न पाण्डेले अवरोध गरेको भन्दै सात बुँदे पत्रमार्फत उनलाई प्रश्न सोधिएको थियो।
काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि बिदामा बसेका गुरागाईं कार्यालय फर्किँदा उपप्रमुख सुनीता डंगोलको नेतृत्वमा हाजिर हुन गएका थिए । तर, नगर प्रहरीले कार्यालय प्रवेशमा अवरोध गरेको आरोप छ । महानगरले पाण्डेमाथि कर्मचारी आचरण र अनुशासन उल्लङ्घन गरेको र प्रमुख प्रशासकीय अधिकृतको निर्देशन पालना नगरेको आरोप लगाएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend