Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वर्षाका कारण ठाउँ-ठाउँमा पहिरो, अरनिको राजमार्ग पूर्णरुपमा बन्द


    मंगलबार, असार ३ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सिन्धुपाल्चोकमा पहिरो र बाढीका कारण अरनिको राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

    सोमबार रातिको वर्षाका कारण भोटेकोशी गाउँपालिकाका तीन ठाउँमा पहिरो जाँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको प्रहरीले जनाएको छ ।

    गाउँपालिकाको वडानम्बर २ को कोदारी, ३ को लार्चा र २ कै कोप्लाङमा पहिरो गएको छ । खोलाहरूमा बाढी आएको छ । पहिरो पन्छाउने काम जारी रहेकोले राजमार्ग पूर्ण रुपमै बन्द भएको छ ।

    सडक बन्द भएपछि यात्रु मर्कामा परेका छन् । सवारीसाधन सडकमै लाइन लागेका छन् । सोमबारदेखि आएको वर्षाका कारण देशका अन्य मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार