Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति ट्रम्पसमक्ष राजदूत रेग्मीले बुझाए ओहोदाका प्रमाण पत्र


    सोमबार, असार २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा.लोक दर्शन रेग्मीले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेका छन् । अमेरिकाको राजधानी वासिङटन डिसीमा आयोजित एक समारोहमा राष्ट्रपति ट्रम्पले रेग्मीको पत्र बुझेका थिए ।

    राजदूत रेग्मीले राष्ट्रपति ट्रम्पसमक्ष ओहोदाका प्रमाण पत्र पेश गरेको अमेरिकास्थित नेपाली दूतावासको आधिकारिक सामाजिक सञ्जालमा उल्लेख छ ।

    भेटका क्रममा ट्रम्पले राजदूत रेग्मीसँग फोटो पनि खिचाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार