झापा । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले देशका तीन शीर्ष नेतालाई २०८३ मा राजनीतिबाट सन्यास लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सन्यासको सुझाव दिँदै उनले देशलाई सिंगो राष्ट्रको नेतृत्व गर्ने नयाँ अभिभावक आवश्यक रहेको बताए ।
झापाको मेचीनगरस्थित धुलाबारी खानेपानी उपभोक्ता समितिको ४ लाख ५० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की शिलान्यास गर्न गृह नगर पुगेका शर्माले भने, ‘२०८३ साल देशका लागि सुखद वर्ष बन्न सक्छ । तीन नेताले सन्यास लिएर नयाँ पुस्तालाई अवसर दिए नागरिकमा आशा र उत्साह बढ्नेछ ।’
कांग्रेसको आगामी महाधिवेशनबाट सभापति परिवर्तन हुने पनि उनले प्रष्ट पारे । पार्टीको विधानमा यससम्बन्धी व्यवस्था रहेको उल्लेख गर्दै शर्माले भने, ‘नयाँ सभापति को बन्ने भन्ने विषयमा छलफल र बहस भइरहेको छ। हामी परिवर्तनको बाटोमा अघि बढ्छौं ।’
मेचीनगर–९, पशुपति गाउँमा निर्माण हुने उक्त खानेपानी ट्यांकीको शिलान्यास समारोहमा स्थानीयवासीको उत्साहजनक सहभागिता थियो। शर्माले स्थानीय विकासका यस्ता आयोजनाले समुदायको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend