Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राप्रपाले आज पनि बहिष्कार गर्‍यो संसद् बैठक


    सोमबार, असार २ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज पनि संसद् बैठक बहिष्कार गरेको छ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै जबसम्म अवरोधका बीच पनि संसद् बैठक चलाइन्छ, त्यतिबेलासम्म आफूहरूले यसमा भाग नलिने भन्दै बाहिष्कारको घोषणा गरे।

    ‘जबसम्म जबरजस्त यस प्रकारको संसद्लाई अगाडि बढाउने काम भइराख्छ,’ उनले भने, ‘यो कर्मकाण्डमा राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुँदैन। हामी बहिष्कार गर्छौं।’

    राप्रपाले हिजो पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार