काठमाडौं । प्रहरीले सामाजिक सञ्जालमा ‘अलविदा’ लेखेर सम्पर्कबिहीन भएका चिकित्सक डा केशव श्रेष्ठको खोजी सुरु गरेको छ । रामेछाप जिल्ला अस्पतालका पूर्वनिमित्त मेडिकल सुपरिटेण्डेण्ट डा श्रेष्ठले करिब २ घण्टाअघि सामाजिक सञ्जाल फेसबुकमा सबैजनालाई अलबिदा लेखेर सम्पर्कबिहीन भएका थिए ।
उनी सम्पर्कबिहीन भएको सूचना आएपछि मोबाइल लोकेश ट्याक गरी खोजी कार्य जारी राखिएको प्रहरीको साइबर व्यूरो प्रमुख डीआइजी नविद अर्यालले जानकारी दिए । १८ महिना रामेछाप जिल्ला अस्पतालको सुपरिटेण्डेण्ट भएर काम गरेका डा श्रेष्ठले राजनीति र कर्मचारीले आफूलाई काम गर्न नदिएका कारण यो कदम चाल्न बाध्य भएको उल्लेख गरेका छन् ।
झुटो आरोप लगाएर रामेछापबाट हेटौँडा अस्पतालमा सरुवा गराएको तर हाजिर स्वास्थ्य मन्त्रालयमा गराईएको पनि उउनले उल्लेख गरेका छन । ‘मलाई धेरै दुख दिए, अहिले यो दुख÷पीडा सहन अनि सोच्न पनि सकेको छैन । मैले जिन्दगीबाट नै हार खाए,’ उनले लेखेका छन्, ‘डा. नरेन्द्र झा, रेबती थापाको आर्थिक चलखेलमा मलाई असार मसान्तमा सरुवा गरे । वान म्यान आर्मी भनेर चिनिएको थिएँ । तर, कतैबाट केही साथ सहयोग पाउन सकिनँ । म बाचे भने न्याय पाउँछु जस्तो लागेन ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend