Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै धवलशमशेर


    सोमबार, असार २ २०८२
    805
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवलशमशेर राणाले आज (सोमबार) काठमाडौँ जिल्ला अदालतमा बयान दिँदै छन्। त्यसका लागि उनी अदालतमा हाजिर भइसकेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

    २०८१ चैत १५ मा राजावादीले काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक आन्दोलनमा सहभागी राणालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा लागेको छ।

    यसअघि प्रहरीले अनुसन्धान पूरा गरेपछि राणालाई उपचारका लागि भनेर हाजिर जमानीमा रिहा गरेको थियो। त्यसयता प्रहरीको सम्पर्कमा नरहेका उनी आज अदालतमा उपस्थित भएका हुन्।

    यसअघि महामन्त्री धवलशमशेर र उनीसँगै पक्राउ परेका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ‘फरार’ भएको दाबी गरिएपछि राप्रपाले केही दिनमा दुवै अदालतमा उपस्थित हुने बताएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार