Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टिपरले फोर्स गाडीलाई ठक्कर दिँदा ९ जना घाइते


    सोमबार, असार २ २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सुर्खेतमा टिपरले गाडीलाई ठक्कर दिँदा ९ जना घाइते भएका छन् । आज बिहान सुर्खेतबाट दाङ आउँदै गरेको फोर्स गाडीलाई भेरीगंगा नगरपालिका–२ भेरीपुल नजिक क.प्र.०२००१ क.००३७ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

    दुर्घटनामा गाडीमा सवार चालकसहित ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । जसमा चालक सुर्खेतको बिरेन्द्रनगर नगरपालिका– १२ का २९ वर्षीय कमल रजाको खुट्टा भाँचिएको छ।

    अन्य घाइतेहरूमा ३२ वर्षीय भुवन चौधरी, ३२ वर्षीया सरिता गरङ्जा, ५० वर्षीय हेमराज बुढाथोकी, २५ वर्षीय बहादुर विश्वकर्मा लगायत छन् । उनीहरूलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । गाडीलाई ठक्कर दिएपछि टिपरका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार