काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले धर्ना दिइरहेकै बेला सरकारमातहतको निकायले भने आजै रवि लामिछानेबिरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगीको मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालय पर्साले रास्वपा सभापति रवि लामिछानेसहित २९ जनाविरूद्व पर्सामा मुद्दा दायर गरेको छ । सानो पाइला सहकारी ठगी आरोपमा आज लामिछानेसहित २९ जनाविरूद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।
लामिछानेसँगै पूर्व डीआइजी छविलाल जोशीलाई पनि प्रतिवादी बनाइएको छ । सरकारी वकिलले छविलाल जोशीसँग ७ करोड २० लाख ९८ हजार रुपैयाँ र रवि लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार बिगो मागदाबी गरेको छ ।
प्रहरीले अनुसन्धान सकेर करिब एक महिनाअघि सरकारी वकिल कार्यालय पर्सालाई प्रतिवेदन बुझाएकोमा सरकारी वकिल कार्यालयले शुक्रबारमात्र अदालतमा मुद्दा दायर गरेको अदालतका सूचना अधिकारी रामनरेश महतोले जानकारी दिएका छन् ।
रास्वपाले संसदमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग्नु र पर्सा जिल्ला अदालतमा रविबिरुद्ध मुद्दा दायर हुनु संयोग मात्र त होइन कि भन्ने आशंका गरिएको छ ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend