Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • बूढानीलकण्ठमा कुकुरसहित २ व्यक्ति शंकास्पद रुपमा मृत भेटिए


    आइतबार, असार १ २०८२
    1000
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुई व्यक्ति र कुकुर मृत अवस्थामा भेटिएका छन् ।

    मृत भेटिनेमा भारतको चन्डिगढका घर भएका ५४ वर्षीय परम नारायण गिल र २८ वर्षीया अन्जना तामाङ छन् । अन्जनाको ठेगाना भने धादिङको गल्छी गाउँपालिका–६ रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

    उनीहरू पासिकोटस्थित थ्री–स्टार किडजोन स्कुलको कम्पाण्डभित्र रहेको साढे दुई तले घरमा मृत भेटिएको एसपी बोहराले बताए । उनीहरूका साथै एउटा कुकुर पनि मृत भेटिएको छ ।

    शुक्रबार राति शव भेटिएपछि घटना शंकास्पद रहेको आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ । भारतीय नागरिक गिल उक्त घरमा एउटा कोठा भाडामा लिएर बसेका थिए । उनी फाटोग्राफर रहेको पाइएको प्रहरीले बताएको छ ।

    भाडाको उक्त कोठामा उनीहरू मृत भेटिएका हुन् । हत्यापछि आत्महत्या गरेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार