Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेटमाथिको छलफलमा अधिकांश कुर्सी खाली


    आइतबार, असार १ २०८२
    870
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधि सभामा विरोध र नाराबाजीकाबीच बजेटमाथिको सामान्य छलफल सुरु भएको छ । यो बेला अधिकांश कुर्सी खाली हुन पुगेको छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरु वेल घेराउ र नाराबाजीमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०) सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका छन् । यसले प्रतिपक्षतर्फका अधिकांश कुर्सी खाली हुन पुगेका हुन् ।

    त्यस्तै सत्तापक्ष तर्फ पनि सांसदहरूको उल्लेख्य सहभागिता पनि देखिँदैन। जसका कारण सदनका अधिकांस कुर्सी खाली देखिएका छन् ।

    आइतबारको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राखेका छन् । त्यसमाथि सांसदहरूले धारणा राखिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार