काठमाडौं । पहिरोका कारण देशका मुख्य पाँचवटा सडक मार्ग अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार पहिरोले कान्ति लोकपथ, अरनिको राजमार्ग, दिक्तेल–गाइघाट सडकखण्ड, रवि राके भेडेटार सडक र आश्राङदेखि गिम्दी जाने सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका ८ भर्याङडाँडामा पहिरो खस्दा आइतबार बिहानदेखि कान्ति लोकपथ पूर्णरुपमा अवरुद्ध भएको छ । त्यसैगरि सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ कोदारीमा पहिरो खस्दा अरनिको राजमार्ग पनि अवरुद्ध बनेको छ ।
ललितपुरको बागमती गाउँपालिका ६ रुम्बाडाँडामा पिहरो खस्दा आश्राङदेखि गिम्दी जाने सडक पनि पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । त्यसैगरि खोटाङको दिप्रुङ चुइचुम्पा गाउँपालिका ४ मा पहिरो खस्दा दिक्तेल गाईघाट सडक पनि अवरुद्ध भएको छ ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा पहिरो खस्दा रवि राँके भेडेटार सडक पनि आज बिहानदेखि पूर्णरुपमा अवरुद्ध बनेको छ । त्यस्तै मध्यपहाडी लोकमार्ग भने एकतर्फी सञ्चालनमा आएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बर्खेटारमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग एकतर्फी रुपमा बन्द भएको हो । बर्खा लागेसँगै देशभर बाढी र पहिलो जान थालेको छ ।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend