Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु


    आइतबार, असार १ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । रौतहटमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

    आइतबार बिहान ८ १५ बजेतिर परेको चट्याङले लागेर गरुडा नगरपालिका वडा नम्बर( १ जयनगर बस्ने करिब ६५ वर्षीय सियाराम बनियाको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पानी पर्न थालेपछि घर अगाडी बाँधेको बाख्रा खोल्ने क्रममा उनलाई अचानक परेको चट्याङले लागेको हो।

    चट्याङबाट गम्भीर घाइते भएका बनियालाई उपचारको लागि प्रादेशिक अस्पताल गौर लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार