Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • सातै प्रदेशले आज वार्षिक बजेट सार्वजनिक गर्दै


    आइतबार, असार १ २०८२
    745
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आज(आइतबार) आगामी आर्थिक वर्ष ०८२/८३ को वार्षिक बजेट ल्याउँदै छन्। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारहरूले आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागेका हुन्।

    संविधानमा संघीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते बजेट ल्याउनु पर्ने व्यवस्था गरिएको छ। त्यसैगरि स्थानीय तहहरूले असार १० गतेपछि बजेट ल्याउने गरेका छन्। प्रदेश सरकारहरुले चालू आवको कुल बजेट दुई खर्ब ७८ अर्ब ७० करोडकै हाराहारीमा आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेका छन्।

    कोसी प्रदेशले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याउने तयारी गरेको छ। कोसीमा चालू आवका लागि ३५ अर्ब २७ करोड ९३ लाखको बजेट प्रस्तुत गरेको थियो। आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट ३५ देखि ४० अर्ब हाराहारीमा हुने त्यहाँको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।

    त्यसैगरि मधेस प्रदेश सरकारले चालू आर्थिक वर्षको भन्दा ठूलो आकारको बजेट ल्याउने तयारी गरेको छ। गत वर्ष मधेस सरकारले ४३ अर्ब ८९ करोड २१ लाखको बजेट ल्याएको थियो। त्यसैगरि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८२८३ मा बजेटको आकार करिब पाँच प्रतिशत बढाउने तयारी गरेको छ।

    त्यसैगरि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री टंकराज गुरुङले आइतबार दिउँसो चार बजे प्रदेश सभा बैठकमा बजेट प्रस्तुत गर्दैछन्। गण्डकीमा चालू आवको तुलनामा करिब एक अर्ब घटाएर बजेट ल्याउने तयारी छ। त्यस्तै लुम्बिनी प्रदेश सरकारले आइतबार दिउँसो तीन बजे प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गर्दैछन्।

    लुम्बिनी प्रदेशमा चालू आर्थिक वर्षमा ३८ अर्ब ९७ करोडको बजेट ल्याइएको थियो। आगामी वर्षको बजेट गत वर्षभन्दा घटाएर ल्याउने तयारी सरकारले गरेको छ। कर्णालीले भने चालू आवकै हाराहारीमा आगामी आवका लागि बजेट ल्याउने तयारी गरेको छ। चालू आवमा कर्णालीमा ३१ अर्ब ४१ करोड ४१ लाखको बजेट सार्वजनिक भएको थियो।

    त्यसैगरि सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभा बैठकमा आज बजेट सार्वजनिक गर्नेछन्। कर्णाली सरकारले गत वर्ष ३१ अर्ब ५३ करोड ६६ लाखको बजेट ल्याएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार