Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


    शुक्रबार, जेष्ठ ३० २०८२
    865
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ।

    आगामी असार १५ गते आइतबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानोपामा बस्नेगरी बैठक बोलाइएको हो ।

    मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि आग्रह गरिएको छ ।

    बैठकमा विकसित राजनीतिक घटनाक्रम, सत्ता सहकार्यको समीक्षा, पार्टीको १५ औं महाधिवेशनको तयारीलगायतको विषयमा छलफल हुने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार