काठमाडौं । गृहमन्त्री रमेश लेखकले अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलबीच निरन्तर र प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।
आज (शुक्रवार) प्रहरी प्रधान कार्यालयमा आयोजित तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले फौजदारी न्याय प्रणालीलाई सुदृढ बनाउन दुवै पक्षको सहकार्य अपरिहार्य रहेको बताए ।
मन्त्री लेखकले सुरक्षा निकायले स्रोत र साधनको अभावमा पनि ठुलो जिम्मेवारी निर्वाह गरिरहेको उल्लेख गर्दै सरकारले यसतर्फ पर्याप्त ध्यान दिइरहेको र आगामी आर्थिक वर्षको बजेटमा प्रहरीका लागि उल्लेखनीय वृद्धि गरिएको जानकारी दिए ।
उनले अपराधमा विज्ञान र प्रविधिको दुरुपयोग बढिरहेकाले अनुसन्धान र अभियोजनमा पनि प्रविधिको सही र अधिकतम प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए । ‘विज्ञान र प्रविधिको प्रयोगले अनुसन्धानलाई स्वच्छ, स्वस्थ र विश्वसनीय बनाउन सकिन्छ,’ उनले भने, ‘तर प्रमाण सङ्कलनमा विशेष सावधानी अपनाउनुपर्छ ताकि न्याय प्रक्रियालाई सहयोग पुगोस् ।’
फौजदारी न्यायको केन्द्रमा पीडित रहने उल्लेख गर्दै मन्त्री लेखकले पीडितलाई न्यायको अनुभूति गराउनु मुख्य उद्देश्य भएको बताए । ‘कुनै अपराधबाट पीडित भएकाले न्याय प्राप्त भएको अनुभव गर्न सक्यो कि सकेन, त्यो नै फौजदारी न्यायको मूल लक्ष्य हो,’ उनले भने, ‘यसका लागि मेहनत, बुद्धि र विवेकको प्रयोग गरी काम गर्न जरुरी छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend