Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउन विपक्षी दलहरू एकमत


    बिहिबार, जेष्ठ २९ २०८२
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक प्रवक्ता मनीष झाले छानबिन समिति बनाउने विषयमा विपक्षी दलहरू एक ठाउँमा उभिएको जानकारी दिए ।

    ‘हाल संघीय सदनमा रहेका सबै प्रतिपक्ष दलहरू ‘भिजिट भिषा मार्फत मानव तस्करीको संगठित अपराध’ सदाका लागि निराकरण गर्न छानबिन समिति बनाउने कुरामा एक ठाउँमा रहेको निष्कर्ष रहेको छ,’ कार्यबाहक प्रवक्ता झाले बताएका छन् ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको पनि संलग्नता रहेको विषयलाई लिएर विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आइरहेका थिए ।

    सत्ता र विपक्षी दलहरूबीच सहमति जुट्न नसक्दा जेठ १३ गतेदेखि प्रतनिधिसभा चल्न सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार