Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भोलिदेखि मलेखु-मुग्लिन सडक राति बन्द हुने


    बिहिबार, जेष्ठ २९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेख-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ ।

    मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।

    डीएसपी हमालका अनुसार निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो ।

    उल्लेखित ती दिनमा राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन बन्द हुने सूचनामा उल्लेख छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार