Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपलब्ध स्रोत र साधनको उपयोगमा जोड दिऔं : अर्थमन्त्री


    बिहिबार, जेष्ठ २९ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकमा भएका स्रोत साधनको अधिकतम उपयोगमार्फत समृद्धितर्फ अगाडि बढ्न सकिने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै पौडेलले नेपालमा अथाह प्राकृतिक स्रोतहरु रहेको भन्दै त्यसलाई सदूपयोग गर्दै मुलुकलाई समृद्ध बनाउन सकिने बताएका हुन् । बनस्पती, बन्यजन्तु र जलश्रोतको हिसाबले नेपाल निकै अघि रहेको उल्लेख गर्दै उनले त्यसको उचित सदूपयोगमा जोड दिए ।

    ५० वर्षको आन्तरिक आवश्यकता पूर्ति गर्न सक्ने तेल र ग्याँसको भण्डारका साथै युरेनियमको खानी समेत नेपालमा रहेपनि अध्ययन हुन नसक्दा मुलुक सदैव पछि परेको उनले बताए ।

    पौडेलले प्राकृतिक स्रोत र जनशक्तिको सहि ढंगले सदूपयोग गर्ने गरि आवश्यक नीति सरकारले बनाउने उल्लेख गरे । साथै पौडेलले स्वदेशमै अवसर सिर्जना गर्न सही दृष्टिकोणको खाँचो रहेको पनि बताए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार