Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी मास्केलाई


    बुधबार, जेष्ठ २८ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ ।

    अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा रिट दायर भएपछि रिक्त रहेको पदमा मास्केलाई जिम्मेवारी दिइएको हो ।

    बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले टेलिकमका प्रबन्ध निर्देशक पहाडीसहितमाथि रिट दायर गरेको टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले जानकारी दिए ।

    अख्तियारले बिलिङ प्रणालीको भ्रष्टाचार मुद्दामा सबिना मास्केसँग पनि बयान लिएको थियो । उनी त्यतिबेला टेलिकमको प्रमुख प्राविधिक अधिकृतको रुपमा काम गरेकी थिइन् । यही मुद्दामा टेलिकमका निमित्त निर्देशक अमूल प्रधान निलम्बनमा परेका छन् ।

    उनीहरूविरूद्ध अख्तियार ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार