Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अनेरास्ववियुमा दुई समूह, आज मतदान


    बुधबार, जेष्ठ २८ २०८२
    560
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेनिकट अनेरास्ववियुको जारी महाधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । गएराति अबेरसम्म उम्मेदवारी दर्ता भएको थियो । ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुईजना प्रतिस्पर्धी देखिएका छन् ।

    निर्वाचन समितिका अनुसार अध्यक्षमा प्रकाश पौडेल र डा. सुजन कडरियाको उम्मेदवारी परेको छ । एक महिला र एक खुला उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ ।

    खुला उपाध्यक्षतर्फ राजकुमार ढकाल, विकास श्रेष्ठको उम्मेदवारी परेको छ । महिलातर्फ आरती भट्टराई, अञ्जना शिवाकोटी, भवानी बजगाईंको उम्मेदवारी परेको ती सदस्यले बताए । महासचिवमा दीपक धामी, आरके रोमश, सुनील कँडेलको उम्मेदवारी दर्ता भएको छ ।

    एमालेको संशोधित नीतिअनुसार अनेरास्ववियुको पदाधिकारी ९ सदस्यीय हुनेछ। १५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । पदाधिकारीमै ५० जना हाराहारीको उम्मेदवारी परेको छ । चारजना सचिवका लागि २६ जनाभन्दा बढीको उम्मेदवारी परेको छ । केन्द्रीय कमिटीको उम्मेदवारको संख्या नै ६ सय भन्दा बढीको रहेको छ ।

    अनेरास्ववियुमा सर्वसम्मत नेतृत्व चयनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरूले कोसिस गरेका थिए । मतदानको समय बुधबार बिहान १० देखि ५ बजेसम्म तय गरिएको छ । तर अझै सहमतिको प्रयास गरिने भएकाले चुनावको समय सर्न सक्ने बताइएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार