काठमाडौँ । नेकपा (एमाले) का पूर्वउपाध्यक्ष तथा मातृभूमि जागरण अभियानका संयोजक डा। भीम रावलले एमाले बामाले हुँदै झोलेमा झर्दै गरेको तथ्य स्पष्ट भएको टिप्पणी गरेका छन्। एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको २४अौं महाधिवेशनमा नेतृत्व चयन प्रक्रियाको सन्दर्भलाई लिएर रावलले यस्तो टिप्पणी गरेका हुन्।
‘विभिन्न पदमा उम्मेदवार भई प्रतिस्पर्धामा जान हुन इच्छुकहरूलाई दलका नेताबाट मौखिक र लिखित रूपमा दबाब र धम्की दिँदै पदाधिकारीको नाम पार्टी नेताले नै घोषणा गर्दा त्यसकाविरूद्ध नाराबाजी भएपछि चुनावको कार्यक्रम प्रकाशित गरिएछ। यसले साँच्चै एमाले बामाले हुँदै झोलेमा झर्दै रहेछ भन्ने तथ्य स्पष्ट हुन्छ,’ उनले भनेका छन्।
उनले पार्टीमा काम गर्दै गर्दा एमाले यहाँसम्म झर्छ भनेर कल्पनासमेत नगरेको बताएका छन्। अनेरास्ववियुको जारी महाधिवेशनमा नेतृत्व चयनका लागि पार्टी नेताहरू हाबी भएका छन्। यसपछि विद्यार्थी नेताहरूले आफ्नो नेतृत्व निर्वाचनमार्फत आफैँले चुन्न पाउनुपर्ने भन्दै नाराबाजीसमेत गरेका छन्। यही सन्दर्भमा रावलले यस्तो बताएका हुन्।
काठमाडौँ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र आज (शनिबार) थप ११ जनाको शव भेटिएको छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो...
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend