Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • घुस लिंदै अरबौं ऋण दिने नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीबिरुद्ध ३ वटा मुद्दा


    सोमबार, जेष्ठ २६ २०८२
    1.4K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल बैंक लिमिटेड संचालक समितिका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन ३ वटा मुद्दा दायर गरेको छ । तीन वटा बिभिन्न संस्थालाई ऋण दिलाउनका लागि घुस लिएको भेटिएपछि उनीबिरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

    भूसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई ऋण दिलाउन सहजीकरण गरिदिने भनेर १९ लाख रुपैयाँ घुस लिई भ्रष्टाचार गरेको आरोपमा आयोगले ५ जनाबिरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिसन प्रोजेक्टलाई रू. १ अर्ब ७७ करोड २९ लाख ८६ हजार सात सय ६६ रुपैयाँ ऋण लिनको लागि नेपाल बैङ्क लिमिटेड प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडि बढाइएको थियो ।

    बैंकमा कागजात पेश गरेपश्चात् भूसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भूसाल र उनको छोरा तथा भूसाल हस्पिटालिटीका सेयर सदस्य अंकित भूसालको संचालक समितिका तत्कालीन अध्यक्ष चन्द्रबहादुर अधिकारीसँग पटक पटक ह्वाट्सएपमार्फत् कुराकानी र भेटघाट हुने गरेको छ । अधिकारीले नेपाल बैङ्कबाट ऋण मिलाइदिन सहजीकरण गर्न गराउन प्रतिवादीहरु लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिबादीहरूसँगको मिलोमतोमा २०८१ भदौ ३० गते भूसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरेको तथ्य अख्तियारले अनुसन्धानका क्रममा फेलापारेको जनाएको छ ।
    बालकृष्ण भूसालबाट प्राइम बैंकको चेक लिई भारतीय नागरिक लक्की खान भन्ने खुस नसिब अन्सारीकोमा काम गर्ने राकेश थापालाई चेक सटही गर्न लगाएर अधिकारीले ७ लाख लिएका थिए ।

    त्यसैगरी, शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्य इन्टरप्राइजेजको सिटिजन बैङ्कको खातामा अमृत भूसालको एभरेष्ट बैङ्क मार्फत् १२ लाख रकम ट्रान्सफर गर्न लगाई जम्मा गरे गरेको देखिएपछि अख्तियारले मुद्दा दायर गरेको जनाएको छ । आयोगले चन्द्रबहादुर अधिकारी, लक्की भन्ने खुसनसिब अन्सारीलाई १९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।

    त्यसैगरी, अमृत भूसाल, अंकित भूसाल र बालकृष्ण भूसालसँग १९ लाख बिगो माग दाबी गरिएको छ ।

    त्यसैगरी, अख्तियारले सोमबारै हिमाल–तराई कन्सट्रक्सन प्रा.लि.को नेपाल बैक लिमिटेडबाट हुने ऋण लिने प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी ५ लाख घुस लिएको आरोपमा चन्द्रबहादुर अधिकारीसहित २ जनाबिरुद्ध अर्को मुद्दा दायर गरेको छ । हिमाल–तराई कन्सट्रक्सन प्रा.लि.को ऋण प्रवाहमा अधिकारी र रमेश आचार्यसँग जनही ५ लाख बिगो मागदाबी गरिएको छ ।

    तनहुँको आबुँखेरेनी–१ मा रहेको अकलादेवी ट्रेडर्र्सको २५ करोड ऋण दिलाउनका लागि सहजीकरण गरिदिन्छु भनी ५० लाख रुपैयाँ घुस लिएको आरोपमा सोमबारै मुद्दा दायर गरेको हो । अकलादेवी ट्रेडर्र्सको ऋण प्रवाह गर्दा घुस लेनदेन गर्ने चन्द्रबहादुर अधिकारी, सन्तोष सुवेदी, लक्की भन्ने खुसनसिब अन्सारीसँग जनही ५० लाख धरौटी माग गरेको छ ।
    त्यसैगरी, नारायणप्रसाद बराल, दानबहादुर कार्की र सुन्दरबहादुर बानियाँसँग ५० लाख बिगोदाबी गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार