Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित


    सोमबार, जेष्ठ २६ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

    आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

    निरन्तर छलफल चलिरहँदा पनि सत्ता र प्रतिपक्षबीच संसद् खुलाउनेबारे सहमति भएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार