Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौँ जिल्ला अदालतमा प्रधानन्यायाधीशको छड्के


    सोमबार, जेष्ठ २६ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले काठमाडौँ जिल्ला अदालतमा छड्के अनुगमन गरेका छन् । केहीबेर अघिदेखि उनले त्यहाँ छड्के अनुगमन गरिरहेको राउतको सचिवालयले जनाएको छ।

    उनी आकस्मिक रुपमा अदालत परिसर पुगी सेवाग्राहीसँग अन्तर्क्रिया गरेका थिए। उनी न्यायपरिषद्का केही कर्मचारीहरू लिएर जिल्ला अदालत पुगेका हुन्।

    यसअघि उनी गत चैत १९ गते सर्लाही जिल्ला अदालतमा पनि छड्के अनुगमनका लागि पुगेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार