Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेगनास तालमा बेपत्ता पुरुष ३५ फिट गहिराइमा मृत भेटिए


    सोमबार, जेष्ठ २६ २०८२
    970
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पौडी खेल्ने क्रममा बेगनास तालमा बेपत्ता ४३ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

    पौडी खेल्ने क्रममा आइतबार साँझ पोखरा महानगरपालिका- ३१ माझीकुनास्थित बेगनास तालमा एक पुरुष बेपत्ता भएका थिए।

    पौडी खेल्दा बेपत्ता भएका गोरखाको शहिद लखन गाउँपालिका- ३ मनकामना बस्ने ४३ वर्षीय राजेश श्रेष्ठको शव तालको गहिराइमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    बेपत्ता श्रेष्ठको खोजीका लागि सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ७ जना गोताखोरसहितको टोली परिचालन गरिएको थियो।

    उनीहरुले सोमबार बिहान १० बजेतिर श्रेष्ठको शव तालको ३५ फिट गहिराइबाट बाहिर निकालेका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार