Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • राष्ट्रियसभाको बैठक बस्दै, यी हुन् आजको कार्यसूची


    सोमबार, जेष्ठ २६ २०८२
    725
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न १ः१५ बजेका लागि बोलाइएको हो ।

    महासचिव पदमप्रसाद पाण्डेयका अनुसार आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा। सुरेन्द्र अर्यालले ‘जलस्रोत विधेयक, २०८१’का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने रहेको छ ।

    त्यस्तै उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा ‘पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ पारित गरियोस्’” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार