Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैदेशिक रोजगारीमा सिण्डीकेट अन्त्य भएको छ: महानिर्देशक


    सोमबार, जेष्ठ २६ २०८२
    525
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार रहेको बताएका छन् ।

    आइतवार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भटट्राईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताउँदै बजराी हल्ला निराधार रहेको बताएका हुन् ।

    महानिर्देशक भट्टराईले भने, ‘ वैदेशिक रोजगारीमा कुनै पनि अमुक मेनपावरलाई सिण्डीकेट गर्न दिने हल्ला निराधार छ । विभागले १ हजार ४३ कानुनी रुपमा दर्ता भएका मेनपावरहरुलाई श्रम सम्झौता भएका देशमा कारोवार गर्न कुनै पनि रोकटोक छैन । नेपाल सरकार कुनै पनि सिण्डीकेटको पुर्ण राखेजीको पक्षमा छ । ’

    उनले मेनपावर व्यवसायीहरुलाई बजारी हल्लाको पछी नलाग्न आग्रह गर्दै वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीहरुलाई चिर्दै कानुन अनुसार कारोवार गर्न सुझाव दिए ।

    महानिर्देशक भट्टराईंले १ हजार ४३ मेनपावर कम्पनीको नामावली परराष्ट्र मन्त्रालय मार्फत सम्बन्धीत देशको राजदुतावासमा नामावली पठाई जानकारी गराए ।
    त्यस्तै, जापानका हकमा पनि ५ सय २२ संस्थाहरुको नाम परराष्ट्र मन्त्रालय मार्फत जापान स्थिती दुतावास र सम्बन्धीत देशमा पठाइएको बताए ।

    उनका अनुसार वैदेशिक रोजगारमा जानेहरु निकै ठगिएको घटना पच्छिलो समय समस्याको रुपमा देखा परेको बताउँदै आम सर्वसाधारणलाई नेपाल सरकारको मान्यता प्राप्त मेनपावर कम्पनीहरु मार्फत मात्रै वैदेशिक रोजगारमा जानका लागि आग्रह गरे ।

    उनले भने, ‘अहिले वैदेशिक रोजगारका नाममा धेरै ठगिएका छन । औपचारिक माध्यमबाट नगई अन्यन्त्रबाट ठगिएका घटनाहरु थुप्रै विभागमा आएका छन । यसलाई निरुत्साहित गर्न जरुरी छ । त्यसका लागि नेपाल सरकारले मान्यता दिएको मेनपावर कम्पनीबाट मात्रै विदेश जान जरुरी छ । ’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार