Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद् भवनमा विपक्षी दलहरूको बैठक जारी


    आइतबार, जेष्ठ २५ २०८२
    730
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । विपक्षी दलहरूको बैठक सुरु भएको छ । संसद् भवनस्थित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा बैठक बसिरहेको हो ।

    विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

    सभामुख घिमिरेले पटक पटक संसद् अवरोध अन्त्य गर्ने प्रयास गरिरहेका छन् । यद्यपि बैठक सञ्चालन हुन भने सकेको छैन । यसैबीच शीर्षस्थ नेताहरूबीच पनि संसद्को अवरोध खुलाउने बारेमा छलफल भइरहेको हो । सभामुख घिमिरेले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार