Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभरका कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा, यस्तो छ माग


    आइतबार, जेष्ठ २५ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभरका ‘निजामती कर्मचारीहरु अनिश्चितकालीन आन्दोलनमा उत्रिएका छन् । ‘निजामती कर्मचारीमैत्री संघीय निजामती सेवा ऐन’ जारी गर्न माग गर्दै उनीहरुले कालोपट्टी बाँधेर आजदेखि आन्दोलन थालेका हुन् ।

    संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन निर्देशक समितिको अगुवाइमा कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् । निर्देशक समितिमा नेकपा एमालेनिकट नेपाल कर्मचारी संगठन, नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन, माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, एकीकृत समाजवादीनिकट एकीकृत सरकारी कर्मचारी संगठन तथा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन र नेपाल मधेशी निजामती कर्मचारी मञ्च आवद्ध छन् ।

    समितिको जेठ २० गतेको बैठकले संघीय निजामती सेवा ऐन प्राप्तिका लागि आन्दोलनका कार्यक्रम तय गरेको थियो । अम्बादत्त भट्टको अध्यक्षतामा बसेको उक्त बैठकले जेठ २५ गतेदेखि अर्को निर्णय नभएसम्म देशभरका सबै राष्ट्रसेवक कर्मचारीले कालोपट्टी बाँधेर सेवा प्रवाह गर्ने निर्णय गरेको थियो ।

    सोही निर्णयअनुसार देशभरका कर्मचारीले आइतबारदेखि कालोपट्टी बाँधेर सेवा प्रवाह गरिरहेको निर्देशक समितिले जनाएको छ । आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार