काठमाडौं । सप्तकोसी नदीमा ३ दिनदेखि बेपत्ता गोताखोर सुरज साउदको शव फेला परेको छ।
आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।
उनीहरू शनिबार हुने डेमो प्रदर्शनका लागि अभ्यास गर्न बिहीबार सप्तकोसी नदीमा पसेका थिए। दुवै जना सशस्त्र प्रहरीका जवान हुन्।
तर अभ्यासको अन्तिम चरणमा नदीभित्र पसेका राजवंशी र साउद बेपत्ता भएका थिए। राजवंशी दुई वर्ष पहिले र साउद एक वर्ष पहिले गोताखोरको तालिम गरेर उद्धारमा खटिरहेका थिए।
तर त्यस दिन उनीहरूको सहायताका लागि प्रयोग गरिएको डोरी चुँडियो भने त्यसको केही बेरपछि अक्सिजनको सिलिन्डर पनि पानीमा तैरियो। अनि दुई जना नदीमै हराए।
आइतबार मृत फेला परेका साउद नम्बर १३ गण पर्सा दरबन्दी भई नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए।
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने जस्तोसुकै अवैध क्रियाकलाप रोक्न सशस्त्र प्रहरी पूर्णरुपमा प्रतिवद्ध रहेको बताएका छन् । साउन ८ गते...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौ । काठमाडौं महानगरपालिकाको आर्थिक र नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाको प्राविधिक सहयोगमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा संचालन गरेको आधारभूत प्राथमिक उपचार...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend