Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नमस्ते टोलीका डीआईजीलाई इन्चार्ज बन्ने रहर, नेपाल प्रहरीका पाँच निकायमा डीआईजी राख्ने तयारी


    शनिबार, जेष्ठ २४ २०८२
    3.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । विगतमा काटिएको पाँच डीआईजीको दरबन्दी पुनः राख्ने तयारीमा नेपाल प्रहरीको नेतृत्व लागेको छ । केही दिनआघि बढुवा भएका राष्ट्रिय अनुसन्धान बिभागको टोलीका डीआईजीहरुले कटौती भएका पाँच निकायमा पुनः डीआईजीको दरबन्दी कायम गर्नका लागि लबिङ गरिरहेका छन् ।

    ५ बर्षअघि लागूऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, मानव बेचबिखन ब्यूरो र नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुनः डीआईजीको दरबन्दी कायम गराउने तयारीमा राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरु लागेका छन् ।

    यी निकायमा डीआईजीको दरबन्दी राख्ने पक्षमा प्रहरी महानिरीक्षक दीपक थापा समेत सकारात्मक रहेको स्रोत बताउँछ । यी पाँचै निकायमा ५ बर्षअघिसम्म डीआईजीको दरबन्दी थियो । २०७६ चैतमा सरकारले प्रशासनतर्फका डीआइजीको दरबन्दी २६ बाट कटौती गरी १३ वटामात्र कायम गरेपछि पाँचवटै निकायमा एसएसपी प्रमुख रहने ब्यवस्था भएको थियो ।

    राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजी बिनोद बिनोद घिमिरे जागिर अवधि ११ महिनामात्र बाँकी भएकाले पनि पाँच ठाउँमा डीआईजीको दरबन्दी राखेर इन्चार्ज हुने कोसिस गरिरहेका छन् । जागिर अवधि बढी भएता पनि प्रहरीमा नमस्ते टोलीको संज्ञा पाएका राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरु पनि इन्चार्ज हुनका लागि लागिरहेका छन् ।

    राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरुमा विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ हुन् । १० जनामध्ये दीपक रेग्मी र सुदर्शनप्रसाद कोइराला भने राअबाट आएका डीआईजी होइनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार