काठमाडौं । विगतमा काटिएको पाँच डीआईजीको दरबन्दी पुनः राख्ने तयारीमा नेपाल प्रहरीको नेतृत्व लागेको छ । केही दिनआघि बढुवा भएका राष्ट्रिय अनुसन्धान बिभागको टोलीका डीआईजीहरुले कटौती भएका पाँच निकायमा पुनः डीआईजीको दरबन्दी कायम गर्नका लागि लबिङ गरिरहेका छन् ।
५ बर्षअघि लागूऔषध नियन्त्रण ब्यूरो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, मानव बेचबिखन ब्यूरो र नेपाल प्रहरी शिक्षालय भरतपुरमा पुनः डीआईजीको दरबन्दी कायम गराउने तयारीमा राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरु लागेका छन् ।
यी निकायमा डीआईजीको दरबन्दी राख्ने पक्षमा प्रहरी महानिरीक्षक दीपक थापा समेत सकारात्मक रहेको स्रोत बताउँछ । यी पाँचै निकायमा ५ बर्षअघिसम्म डीआईजीको दरबन्दी थियो । २०७६ चैतमा सरकारले प्रशासनतर्फका डीआइजीको दरबन्दी २६ बाट कटौती गरी १३ वटामात्र कायम गरेपछि पाँचवटै निकायमा एसएसपी प्रमुख रहने ब्यवस्था भएको थियो ।
राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजी बिनोद बिनोद घिमिरे जागिर अवधि ११ महिनामात्र बाँकी भएकाले पनि पाँच ठाउँमा डीआईजीको दरबन्दी राखेर इन्चार्ज हुने कोसिस गरिरहेका छन् । जागिर अवधि बढी भएता पनि प्रहरीमा नमस्ते टोलीको संज्ञा पाएका राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरु पनि इन्चार्ज हुनका लागि लागिरहेका छन् ।
राष्ट्रिय अनुसन्धानबाट आएका डीआईजीहरुमा विनोद घिमिरे, दिपेन्द्र घर्ती क्षेत्री, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेत, ओमबहादुर राना, जयराज सापकोटा, संजीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ हुन् । १० जनामध्ये दीपक रेग्मी र सुदर्शनप्रसाद कोइराला भने राअबाट आएका डीआईजी होइनन् ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend