काठमाडौं । भेरी नदीमा पौडी खेल्ने क्रममा बगेर दुई बालबालिका बेपत्ता भएका छन्। जाजरकोटको नलगाड नगरपालिका–८ मनमै नजिक भेरी नदीमा पौडी खेल्ने क्रममा बालबालिका बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय जाजरकोटले शुक्रबार दिउँसो करिब २ बजे उक्त घटना भएको जनाएको छ। प्रहरीका अनुसार जाजरकोटको नलगाड नगरपालिका–८ मनमै र रुकुमपश्चिमको आठबिसकोट नगरपालिका जोड्ने भेरी पुल नजिकै जाजरकोटका तीन बालबालिका पौडी खेल्न गएका थिए।
बेपत्ता हुनेमा जाजरकोटको नलगाड नगरपालिका–८ मनमैका १० वर्षीय बालक महेश कुसारी र १२ वर्षीया बालिका आशा कुसारी रहेको प्रहरीले जनाएको छ।
उनीहरूसँगै पौडी खेल्न सोही ठाउँकी बालिका भगवती नेपाली गएकी थिइन्। उनी नदीमा पौडी खेल्दा बगेको अवस्थामा उद्धार गरेर आठबीसकोट नगरपालिकामा रहेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता बालबालिकाको खोजीमा स्थानीय नागरिक तथा सुरक्षाकर्मीहरू खटिएका छन्।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend