काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच हुने गठबन्धनले महिलाहरूको संवैधानिक अधिकार कटौती गरेको बताएकी छिन् । शुक्रवारदेखि विराटनगरमा सुरु भएको उपाध्यक्ष(उपप्रमुखहरूको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भण्डारीले निर्वाचनका क्रममा राजनीतिक दलहरूबीच भएका गठबन्धनका कारण कतिपय अवस्थामा संवैधानिक प्रावधान विपरीत महिला प्रतिनिधित्वको अनुपात घटेको बताइएकी हुन् ।
उनले आगामी दिनमा दलहरूलाई कानुन मिच्ने काम नगर्न समेत आग्रह गरिन् । पूर्वराष्ट्रपति भण्डारीले भनिन्, ‘आगामी निर्वाचनमा राजनीतिक दलहरूले यस विषयमा विशेष ध्यान पुर्याउन जरुरी छ । नेपालको संविधानले सङ्घीय शासन प्रणालीमार्फत स्थानीय तहअन्तर्गत स्थानीय सरकारलाई अधिकार सम्पन्न तथा जनताप्रति उत्तरदायी बनाएको जानकारी दिइन् । संविधानले कम्तीमा प्रमुख उपप्रमुखमध्ये एक जना महिला निर्वाचित हुनुपर्ने व्यवस्था गरेको छ ।’
उनले भनिन्, ‘यस व्यवस्थाले नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाएर विकास निर्माणका सारथीको रूपमा उपाध्यक्ष उपप्रमुखहरूलाई अघि सारिएको छ ।’ राज्यका विभिन्न अङ्ग तथा निकायहरूमा महिलाको सहभागिता बढ्दै गए पनि यो औपचारिकतामा मात्र हुनु नहुने बताउँदै उनीहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिइन् । भूमिकालाई प्रभावकारी बनाउन महिला जनप्रतिनिधिहरूको कार्यक्षमता, सामर्थ्य र नेतृत्व क्षमता निरन्तर अभिवृद्धि गर्दै लैजानुपर्ने अत्यन्त आवश्यक रहेको औँल्याइन् ।
राजनीतिक दलका नेता तथा कार्यकर्ता र निर्वाचित जनप्रतिनिधिहरूको ध्यान जनसेवा र सामाजिक आर्थिक विकासमा केन्द्रित हुनु पर्ने पूर्व राष्ट्रपति भण्डारीको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend