Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसद्को गतिरोध हटाउन प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी


    शुक्रबार, जेष्ठ २३ २०८२
    685
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालको सङ्घीय संसद् भवनमा संसद्को गतिरोध हटाउने प्रयासस्वरूप तीव्र छलफल भइरहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काबीच बिहानदेखि गहन छलफल जारी छ ।

    भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने सरकारी प्रतिबद्धताको मागलाई लिएर विपक्षी दलहरूले संसद् अवरुद्ध गरेपछि यो छलफल केन्द्रित भएको नेताहरूले बताएका छन् ।

    प्रचण्डले खड्कासँगको भेटअघि विपक्षी गठबन्धनका नेताहरूसँग पनि छलफल गरेका थिए । माओवादी केन्द्रका अध्यक्षको कार्यकक्षमा बसेको उक्त बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०, र नेकपा एकीकृत समाजवादीका नेताहरू सहभागी थिए । बैठकमा भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि सरकारले संसदीय समिति गठन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।

    प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो, तर विपक्षीको अवरोधका कारण बैठक बस्न सकेको छैन । भिजिट भिसा प्रकरणमा सरकारको जवाफदेहिता र पारदर्शिताको माग गर्दै विपक्षी दलहरूले संसद् सुचारु हुन नदिने अडान लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार