काठमाडौँ । गृहमन्त्री रमेश लेखक हिजो सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटना बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् ।
उनलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण दत्त पौडेलले घटनाबारे जानकारी गराए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुबेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको सङ्ख्या, अन्य विपद् उद्धारका तालिम प्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी गराएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल नं। २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यम बाट घटना बारे जानकारी गराएका थिए ।
गृहमन्त्रीसँगै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, निमित्त गृहसचिव जय नारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका अधिकारीहरू समेत सहभागी भएका थिए ।
गृहमन्त्री लेखकले घटना प्रति दुःख व्यक्त गर्दै मन्त्रालयबाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताए । खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने बताउँदै उनले अभ्यासका क्रममा ज्यान गुमाएका राष्ट्र सेवकको शोकलाइ शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend