Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • अध्यक्षमाथि प्रतिशोध साधियो राजनीतिक प्रतिवाद र कानुनी लडाइँ लड्छौँ: बेदुराम भुसाल


    बिहिबार, जेष्ठ २२ २०८२
    760
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता डा. बेदुराम भुसालले अध्यक्ष माधवकुमार नेपालविरुद्धको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका छन्।अख्तियारले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि भुसालले यसको कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने बताए।

    अध्यक्ष नेपालमाथि पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितताको आरोप लागेको छ, जसमा १८ करोडभन्दा बढी बिगो मागदाबी गरिएको छ। बिहीबार अध्यक्ष नेपालविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता भुसालले यस्तो बताएका हुन् ।

    ‘मुद्दाको सन्दर्भमा दुई वटा पक्ष छ । उहाँप्रति राजनीतिक पूर्वाग्रह साँधिएको छ यसको राजनीतिक रूपले प्रतिवाद गर्छौँ’, भुसालले भने, ‘अर्को कानुनी पक्ष छ । यो पक्षमा कानुनी लडाई लड्छौँ ।’

    अध्यक्ष नेपालविरुद्ध पतञ्जलि जग्गा खरिद विक्री प्रकरणमा अनियमितता भएको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । नेपालविरुद्ध अख्तियारले १८ करोड भन्दा बढी विगो माग दाबी गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार