Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • अख्तियारले संसद सचिवालयमा पठायो माधव नेपालको पत्र


    बिहिबार, जेष्ठ २२ २०८२
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल माथी भ्रष्टचारको मुद्दा लागेको जानकारीसहितको अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पत्र यतिखेर संसद सचिवालयमा पुगेको छ।

    सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले त्यसको जानकारी दिएका हुन् । आज मात्रै काभ्रेको पतञ्जली जग्गा प्रकरणमा १८ करोड ५८ लाख ५० हजार भ्रष्टचार गरेको भन्दै अख्तियारले बिगो माग दाबी गरेर विशेष अदालतमा भ्रष्टचारको मुद्दा दर्ता गराएको छ ।

    सभामुख घिमिरेले नेपालको सांसद पद निलम्बनमा परेको जानकारी अबको बैठकमा गराउने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार