हैदारावाद । रोयल च्यालेन्जर्स बैंगलोरको विजयी परेडका क्रममा चिन्नास्वामी स्टेडियम नजिकै अचानक भागदौड मच्चिएको छ।
उक्त भागदौडमा दुर्घटनामा परिणत हुदाँ अहिलेसम्म ११ जनाको मृत्यु भइसकेको एनडिटिभीले जनाएको छ । उसका अनुसार ५० भन्दा बढी गम्भिर घाइते भएका छन् । यो दुर्घटना बेंगलुरुको चिन्नास्वामी स्टेडियमको मुख्य गेट नजिक भएको हो।
हजारौं मानिसको भिडका कारण भीड एक्कासी अनियन्त्रित भई अनियन्त्रित भएको बताइएको छ । अवस्था निकै खतरनाक बन्यो । घाइतेमध्ये धेरैको अवस्था चिन्ताजनक रहेको छ ।
हजारौं फ्यानहरू हतारमा विभिन्न गेटहरूबाट स्टेडियममा प्रवेश गर्न खोज्दा भागदौड भएको स्थानिय सञ्चारमाध्यमले जनाएका छन् । घटनास्थलमा उपस्थित प्रहरीले घाइतेहरूलाई एम्बुलेन्समा पु¥यायो र उनीहरूलाई नजिकैका विभिन्न अस्पतालमा भर्ना गरिएको थियो ।
सुरुमा सडक जामका कारण एम्बुलेन्स अस्पताल पुग्न नसकेको प्रहरीले जनाएको छ । अर्को घटनामा एक फ्यान स्टेडियममा हाम फाल्न गेट चढ्ने क्रममा लडेर खुट्टा भाँच्चिएको छ ।
बाक्लो संख्यामा प्रहरीको उपस्थिति भए पनि भीडलाई नियन्त्रण गर्न संघर्ष गरिरहेको देखिएको थियो । उत्सवको एक झलक लिन मानिसहरु रुखमासमेत चढेका थिए ।
भागदौडका कारण धेरै आरसीबी फ्यान स्टेडियम बाहिर बेहोस समेत भएका थिए । घटनास्थलमा सबै घाईतेहरुलाई अस्पताल पुर्याउन कैयौं एम्बुलेन्स खटाइएको छ । घटनास्थलमा उपस्थित मानिसहरूले पनि एक अर्कालाई सहयोग गरेका थिए भने कतिपयले घाइतेलाई सीपीआर दिएको पनि देखियो ।
कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाका राजनीतिक सचिव नासिर अहमदले यस घटनाको बारेमा भने कि भीड अचानक नियन्त्रण बाहिर गए पछि स्थिति सम्हाल्न गारहो भएको थियो । ‘परिस्थितिलाई सम्हाल्ने प्रयास गरिरहेका छौं, तैनाथ सुरक्षाकर्मीको संख्या बढाइएको छ । उत्सव व्यवस्था गर्न समय नपाउँदा यो दुर्घटना हुन पुगेको छ,’ उनले भने ।
कर्नाटक राज्य क्रिकेट संघले रोयल च्यालेन्जर्स बैंगलोरलाई आइपीएल २०२५ मा ऐतिहासिक जित हासिल गरेपछि एक अभिनन्दन समारोह आयोजना गरेको थियो, जसमा हजारौं रोयल च्यालेन्जर्स बैंगलोर प्रशंसकहरू आएका थिए।
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
काठमाडौँ। चीनका राष्ट्रपति सी चिनफिङ पत्नीसहित बुधबार राति वासिङ्टन पुगेका छन्। तीन दिन अमेरिका भ्रमणका लागि उनी अमेरिका पुगेका हुन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दम्पतीले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend