Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यातायात क्षेत्रमा हडताल नगर्न सर्वोच्चको अन्तरिम आदेश


    बुधबार, जेष्ठ २१ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक यातायातको क्षेत्रमा हडताल नगर्न यातायात व्यवसायीहरूको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

    न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले अल्पकालीन आदेश दिँदै त्यसलाई निरन्तरता दिने वा नदिनेबारे छलफल गर्न रिट निवेदक र यातायात व्यवसायी दुवै पक्षलाई बोलाएको छ ।

    अधिवक्ता विमल पोखरेलले सार्वजनिक यातायात ठप्प पारी व्यवसायीहरूले नागरिकको संवैधानिक हक हनन गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

    यद्यपि यातायात व्यवसायीहरूले हिजो नै आन्दोलन फिर्ता लिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार