काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताएका छन ।
साथसाथै फाउण्डेसनले कोइला ऊर्जाको प्रयोग बन्द गर्ने अभियानसम्बन्धी आज ज्ञापनपत्र बुझ्दै उनले कार्बन उत्सर्जन शून्यमा झार्नका लागि सरकारले विभिन्न योजनाबद्ध कार्यक्रमलाई अगाडि सारेको बताए ।
मन्त्री खड्काले हरित ऊर्जालाई अगाडि बढाउनका लागि सरकारले कानुनी र नीतिगत व्यवस्थाको थालनी गरिरहेको जानकारीसमेत दिए । सरकारले सन् २०३५ सम्म २८ हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यले नेपालको स्वच्छ ऊर्जा रुपान्तरणमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।
नवीकरणीय ऊर्जाको प्रयोगसँगै भारतबाट आयत हुने कोइलाको आयत घट्दै जाने मन्त्री खड्काले विश्वास व्यक्त गरे । उनले जलवायु परिवर्तनले नेपालको हिमालमा समेत समस्या उत्पन्न हुँदै गएको उल्लेख गर्दै यसलाई जोगाउनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
साथसाथै संस्थाकी अध्यक्ष प्रजिता कार्कीले जलवायु परिवर्तनका कारण हुने प्रदूषणले मानिसको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै प्रदूषण रोक्नका लागि कोइलाको आयतलाई प्रतिस्थापन गर्नुपर्ने धारणा राखेकी छिन ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend