Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारियो


    बुधबार, जेष्ठ २१ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रतिनिधि सभाको बैठक भोलि दिउँसो १ बजेलाई सारिएको छ । आज बिहान ११ र पछि सवा ३ मा तय गरिएको बैठक भोलीसम्मका लागि स्थगित गरिएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन र राजीनामाको माग गरिरहेका विपक्षी र सत्ता पक्षबीच कुरा नमिलेकाले सदन निरन्तर अवरुद्ध भइरहेको छ ।

    सहमति जुटाउन सभामुखले सत्ता र प्रतिपक्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि दुवै पक्ष अडानबाट पछि हटेनन् ।

    सत्तापक्षले गृहमन्त्रीले सदनमा बोल्न पाउनुपर्ने अडान राखेको छ । तर, विपक्षीले गृहमन्त्री बोल्ने भए छानबिन आयोगको टीओआरसहित सरकार आउनुपर्ने शर्त राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार