Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्को चरणको आन्दोलन सार्वजनिक गर्न सुवेदीले बोलाए बैठक


    बुधबार, जेष्ठ २१ २०८२
    990
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राजसंस्था र हिन्दुराज्य पुनर्थापनाको मागसहित आन्दोलन गर्दै आएको ‘संयुक्त जनआन्दोलन समिति’ नयाँ रणनीति बनाउने तयारीमा जुटेको छ ।

    पहिलो चरणको आन्दोलन उत्साहजनक रूपमा सम्पन्न भएको निष्कर्ष निकालेको समितिले आज दिउँसो २ बजे बैठक बसेर अर्को चरणको आन्दोलन सार्वजनिक गर्ने तयारी गरेको छ ।

    समितिका संयोजक नवराज सुवेदीले नवदुर्गा पार्टी प्यालेस सुकेधारामा दिउँसो २ बजे बैठक बोलाइएको जानकारी दिए । सो बैठकमा एक हप्ता लामो पहिलो चरणको आन्दोलनको समीक्षा र नयाँ कार्यक्रमको तयारीबारे छलफल हुने उनले बताए ।

    उनका अनुसार सो बैठकमा संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४४ राजनीतिक दल, समूह र अभियानका प्रतिनिधि सहभागी हुनेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार