Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त


    मंगलबार, जेष्ठ २० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ।

    पार्टी अध्यक्ष महन्थ ठाकुरले पार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो।

    अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

    लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार