Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रवि लामिछानेले मागे रुपन्देही कारागारबाट सरुवा


    मंगलबार, जेष्ठ २० २०८२
    895
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन्। जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर सरुवा माग गरेपछि अदालतले आवश्यक प्रक्रिया मिलाइदिन भनि कारागार प्रशासनलाई लेखि पठाएको थियो।

    लामिछानेले काठमाडौँको डिल्लीबजार कारागार सरुवा माग गरेका छन्। त्यसै अनुसार रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ। तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए।

    उनका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ। सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए।

    तर उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत गएका थिए। सर्वोच्चबाट रिहा हुने आशामा उनले यसअघि रुपन्देही कारागारमै बसेर मुद्दा लडिरहेका थिए। तर सर्वोच्च अदालतले पनि उच्च अदालतकै आदेश सदर गरेपछि अब उनले काठमार्डौँ सरुवा हुन चाहेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार