काठमाडौँ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको बताएका छन् ।
मरुभूमीकरण रोक्न समयमै पहल नभए तथा चुरे क्षेत्रलाई समयमै संरक्षण गर्न नसके तराई(मधेशको जनजीवन अझै संकटग्रस्त बन्ने उनको भनाइ छ ।
भक्तपुरको ऐतिहासिक दरबारस्क्वायर परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा पूर्वराष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
गणतन्त्रवादी दलहरू आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने भन्दै उनले नागरिकमा बढ्दो असन्तोषलाई सम्बोधन गर्न सरकार तत्पर हुनुपर्ने पनि बताए ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने उनले उल्लेख गरे ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले नभई नेपाली आफैँले बनाउनुपर्ने बताए । देश बनाउन सबै युवा जुट्नुपर्ने भन्दै उनले आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने बताए ।
हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण सम्भव हुने स्पष्ट पारेका छन् ।
कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए । ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा। यादवले पुरस्कार प्रदान गरेका छन् ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend