Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • सहमतिपछि पनि व्यवसायीले सञ्चालन गरेनन् सार्वजनिक यातायात


    मंगलबार, जेष्ठ २० २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज पनि काठमाडौं उपत्यकामा यातायात व्यवसायीहरूले सार्वजनिक यातायात बन्द गराएका छन् ।

    सरकारसँग सहमति भए पनि व्यवसायीहरुले उपत्यकामा गाडी सञ्चालन गरेका छैनन् । वार्तामा भएको सहमति कार्यान्वयनमा आउने पक्का भएपछि मात्रै बन्द फिर्ता गर्ने अडानमा व्यवसायी छन् ।

    नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले विश्व ब्रह्माण्ड नै विश्वासमा बाँचेको तर एक वर्ष अगाडि गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीले यस सम्बन्धी नियमावली नल्याउने बचनमा विश्वास गर्दा अहिले धोका खाएकाले पुनः बन्दमा उत्रिनु परेको बताए ।

    संघीय सरकारसँग आफूहरुको अविश्वास नभएको तर गण्डकी प्रदेश सरकारबाट प्रतिबद्धता नआएसम्म विश्वासको वातावरण नबनेकाले गाडी नचलाएको उनले बताए ।

    सहमति पछि गाडी बन्द गर्ने सूचना जारी भए पनि उपत्यकामा सार्वजनिक यातायात फाट्टफुट्ट मात्रै चलेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार