Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गभर्नर पौडेलविरुद्धको रिटमा आज दोस्रोपटक सुनुवाइ हुँदै


    मंगलबार, जेष्ठ २० २०८२
    905
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमा आज (मंगलबार) अन्तरिम आदेशबारे छलफल हुने भएको छ। गभर्नर पौडेलको योग्यता र नियुक्ति प्रक्रियामा प्रश्न उठाउँदै दर्ता रिटमा आज दोस्रोपटक सुनुवाइ हुन लागेको हो।

    न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासमा बुधबार (जेठ १४ गते) प्रारम्भिक सुनुवाइ हुँदा नेपाल सरकारसहितका विपक्षीलाई नियुक्तिको आधार पुष्टि गर्ने प्रमाण लिएर आजको बहसमा उपस्थित हुन आदेश भएको छ।

    गभर्नर पदमा जेठ ६ गते नियुक्त भएका डा पौडेलको नियुक्ति बदरको माग गरिएको रिटमा तत्काल गम्भीर विषयको निर्णयसमेत गर्न नपाउने गरी अन्तरिम आदेश पनि जारी हुनुपर्ने जिकिर गरिएको छ।

    पौडेलले पहिलो निर्णय नै नयाँ नोट छाप्ने विषयमा गरेकाले उनलाई नोटमा हस्ताक्षर गर्नबाट पनि रोक लगाउनुपर्ने रिट निवेदकको माग छ।

    गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन, २०५८ को प्रतिकूल भएको रिटमा दाबी गरी अधिवक्ताहरू अनन्तराज लुइँटेल, प्रतिभा उप्रेती र विशाल थापाले यो रिट दायर गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार